प्रधानमन्त्री छोरी कार्यक्रम बजेटबाट हटाउन कांग्रेस सांसद वीरबहादुर बलायरको माग

जेष्ठ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 प्रधानमन्त्री छोरी कार्यक्रम बजेटबाट हटाउन कांग्रेस सांसद वीरबहादुर बलायरको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी कार्यक्रम बजेटबाट हटाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको छ ।

'बजेटमा यस्ता धेरै कार्यक्रम आए, प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदको छोरीहरु हो भन्ने त मलाई केही भन्नु छैन,' उहाँले भन्नुभयो, 'नेपालको छोरी हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छोरीहरुको अपमान भएको छ । बरु त्यही रकम विनियोजित हुने हो भने त्यसलाई शीर्षकबाट हटाइदिँदा जाति हुन्छ जस्तो मलाइ लाग्छ ।' 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.