गिरीबन्धु टी-स्टेटको ७० बिगाहा जग्गा कमिसन खाएर बेच्न दिएको कुरा छानबिन हुनुपर्छ : अध्यक्ष ओली

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
गिरीबन्धु टी-स्टेटको ७० बिगाहा जग्गा कमिसन खाएर बेच्न दिएको कुरा छानबिन हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु चिया बगानको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ । सरकारमा रहँदा ओलीले चिया बगानको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उहाँले कांग्रेसले कमिसन खाएर खेच्न दिएको आरोप लगाउनुभएको भएको हो ।

बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु चिया बगानको ७० बिगाहा जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गर्नुभयो ।

'म भन्न चाहन्छु-५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टी-स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा छ । यसमा छानबिन हुनुपर्छ,' उहाँले भन्नुभयो, 'अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसका गरेका बद्‍मासीहरुको बारेमा हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छ ?'

उहाँले कांग्रेसले संसद् र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गरेको समेत बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.