संसद्‌को गतिरोध हटाउन दलहरुबीच छलफल, निस्किएन निष्कर्ष

वैशाख ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‌को गतिरोध हटाउन दलहरुबीच छलफल, निस्किएन निष्कर्ष

काठमाडौं । संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन् । दलहरुको आ-आफ्नै अडानले भोलि (मंगलबार) संसद्‌को संयुक्त बैठकमा पेस हुने सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भए पनि कांग्रेस उठाएको मागको सम्बोधन कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओ‌ली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हो । छलफलपछि ओलीले प्रतिक्रिया दिँदै गृहमन्त्रीले समिति होइन आफू बोल्न पाउनुपर्ने विषय अडान दोहोर्याउँदै प्रधानमन्त्रीलाई पनि त्यही भनेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षीले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष ओलीले विपक्षमा देखिनुभएको छ । यो प्रकरणमा कांग्रेसले पछाडि नहट्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरु जुट्दै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.