वैशाख ११ को उभार : नेतृत्वको बेइमानी र नयाँ शक्तिको चुनौती

वैशाख ११, २०८१ |विजय पौडेल
वैशाख ११ को उभार : नेतृत्वको बेइमानी र नयाँ शक्तिको चुनौती

२०६३ वैशाख ११ गते, जनआन्दोलनको रापतापबाट देशमा लोकतन्त्र स्थापना भएको थियो । अहिले हामीले लोकतन्त्र प्राप्त गरेको १८ वर्ष पूरा भएको छ । देशमा जनताले बनाएको संविधान छ, आवधिक निर्वाचन भइरहेको छ, जनताले छानेका प्रतिनिधिले संघ, प्रदेश र स्थानीय सरकार चलाइरहेका छन् ।

तर, लोकतन्त्र प्राप्तिको दुई दशक पुग्नै लाग्दा हाम्रो लोकतन्त्र कसरी अघि बढिरहेको छ त ? किन पछिल्लो समय लोकतन्त्र ल्याउन लडेका दल र तीनका शीर्ष नेताहरु नै ‘व्यवस्थामाथि खतरा छ, लोकतन्त्र खतरामा छ,’ भनिरहेका छन् ? के साँच्चै हाम्रो लोकतन्त्र खतरामा हो त ? हो भने कोबाट हो ? किन नयाँ पुस्तामा लोकतन्त्रप्रतिको विश्वास जगाउन सकिएको छैन ? लामो इतिहास बोकेका दलहरु किन लोकप्रिय हुनुको सट्टा जनताको प्रहारको निशाना बनिरहेका छन् ? र, आफूमाथिको आलोचनालाई निर्धक्कसँग संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको षडयन्त्र भनिरहेका छन् । के हाम्रो गणतन्त्र यति कमजोर छ ? यदि, कमजोर छ भने त्यसको दोष कसको ? पटक-पटक सरकारको नेतृत्व गर्ने र यही व्यवस्थाभित्र बसेर सत्तामा हालीमुहाली गर्नेहरुको कत्ति पनि दोष छैन ?

आउनोस्, लोकतन्त्र दिवसको सन्दर्भमा यिनै प्रश्न माथि चर्चा गरौं । हाम्रा पीरमर्का, दु:ख-सुख, प्रगति र समृद्धि मात्र होइन देशका, समाजका हरेक मुद्दाको जरो पहिल्याउँदै जाँदा त्यो अन्ततः राजनीति र शासन पद्धतिसँग गएर जोडिएका हुन्छन् । तर, हाम्रो राजनीतिले देश र समाजलाई कसरी दिशानिर्देश गरिरहेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले कसरी उपयोग गरिरहेका छौं होला त ?

विस्तृत भिडियोमा :


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement