गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ देखि ओरालो लाग्दै गएको आफ्नो पार्टी ८१ सालबाट उकालो चढ्न शुरु गरेको दाबी गर्नुभएको छ ।
गोरखाको सदरमुकाममा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशभक्त र वामपन्थी शक्तिहरु एकठाउँमा केन्द्रित हुने दिन अब टाढा नभएको दाबी समेत गनुभयो ।
कार्यक्रम सकेर बाहिर निस्कदै गरेका अध्यक्ष दाहाललाई बिआरआई सम्झौता र प्रधानमन्त्रीको चीन भ्रमणबारे पत्रकारले सोधेको प्रश्नमा यसबारे प्रधानमन्त्रीलाई नै सोध्नु भन्दै प्रतिक्रिया दिन चाहनुभएन । प्रधानमन्त्रीबाट बाहिरिएपछि दाहाल पहिलो पटक गोरखा जानुभएको हो । उहाँ गोरखा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।