बीआरआईबारे कांग्रेस महामन्त्री थापाको प्रतिक्रिया- यसअघि‍ भएकै सम्झौता कार्यान्वयन होस्, त्यसपछि नयाँका बारेमा सोचौं

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआईबारे कांग्रेस महामन्त्री थापाको प्रतिक्रिया- यसअघि‍ भएकै सम्झौता कार्यान्वयन होस्, त्यसपछि नयाँका बारेमा सोचौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीआरआई अन्तर्गतका परियोजना अहिले तत्कालै लिनुभन्दा यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 

बीआरआई अन्तर्गत हस्ताक्षर गरेर ऋण वा अनुदानमा परियोजना लिनुभन्दा पहिले वाचा गरेका रकम लिन पहल गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

'हामी योभन्दा अगाडि भएका सम्झौता सबै कार्यान्वयन हुन् पहिला, त्यसपछि नयाँ कुराका बारेमा सोचौं भन्ने ठान्दछौं,' महामन्त्री थापाले भन्नुभयो, 'यसो भन्दै गर्दा, हाम्रा सहयात्री साथीहरुसँग धारणा फरक हुन सक्छ, तर हामीले त्यो क्षमता राख्नुपर्छ कि हामी सँगै बसेर एउटा धारणा बनाउनुपर्छ ।'

सम्बन्धित समाचार...

प्रधानमन्त्रीको चीन भ्रमणअघि बीआरआईबारे किन देखियो कांग्रेस र एमालेबीच फरकमत ?

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई पनि अनुदानमा बदल्न अनुरोध गर्छौं : प्रदीप ज्ञवाली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.