प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई पनि अनुदानमा बदल्न अनुरोध गर्छौं : प्रदीप ज्ञवाली

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई पनि अनुदानमा बदल्न अनुरोध गर्छौं : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लिएको ऋणलाई पनि अनुदानमा कन्भर्ट गरिदिन अनुरोध गर्ने बताउनुभयो । 

 'उद्घाटन भएको दुई वर्षसम्म पनि एक दुईवटा चार्टर उडान बाहेक त्यहाँ कुनै अन्तर्राष्ट्रिय उडान हुन नसक्दा हामीलाई अलिकति मर्का परेको छ,' उहाँले भन्नुभयो, 'यो मर्का चिनियाँ साथीहरुले बुझिदिनुहोस् । सकेसम्म त्यो ऋणलाई अनुदानमा कन्भर्ट गरिदिनुहोस् भन्ने मरो आग्रह छ । यो दुई पक्षीय छलफलबाट टुंग्गिने कुरा हो ।'

उपमहासचिव प्रदीप ज्ञवाली बीआरआई अन्तर्गतका परियोजनामा कार्यान्वयनका लागि समझदारी गरौं भन्न चीनको प्रस्तावमा एमाले सकारात्मक रहेको पनि बताउनुभयो । तर प्रधानमन्त्रीको चीन भ्रमणका बेला बीआरआई अन्तगर्तको कुनै निश्चित परियोजनामा भने छलफल नहुने उपमहासचिव ज्ञवालीको भनाइ छ ।

'बीआरआई अन्तगर्तको कुनै निश्चित परियोजनामा छलफल हुँदैन,' उपमहासचिव ज्ञवालीले भन्नुभयो, 'तर हामी बीआरआई अन्तर्गतका परियोजनामा यसलाई चाहिँ कार्यान्वयन गर्छौं है भन्ने एउटा समझदारी गरौं भन्ने चीनको प्रस्ताव छ, त्यसमा हामी सकारात्मक छौं ।'

चिनियाँ पक्षले बीआरआई अन्तर्गत रहेर परियोजनामा सहयोग गर्ने प्रस्ताव राखिसकेको छ भने नेपालका तर्फबाट योजनाहरु छनोट गर्ने क्रम जारी छ । 

नेपालको तर्फबाट बीआरआई अन्तर्गत रहेर ९ वटा योजनालाई लिएर छलफल भइरहेको छ । चीनले भने टोखा-खहरे सुरुङमार्ग, रसुवागढी-काठमाडौं सडक उन्तरोन्नति, कोरला नाकामा सुक्खा बन्दरगाह र जलविद्युत् आयोजनामा लगानी गर्ने प्रस्ताव राखेको छ ।

सम्बन्धित समाचार...

प्रधानमन्त्रीको चीन भ्रमणअघि बीआरआईबारे किन देखियो कांग्रेस र एमालेबीच फरकमत ?

बीआरआई अन्तर्गतका परियोजना लिनुभन्दा पहिले अगाडि भएका सम्झौता कार्यान्वयन हुन् : महामन्त्री थापा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.