सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीको पनि दाबी

लक्ष्मण चौधरीलाई कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन
कैलाश चौधरीलाई माओवादी र एमालेको साथ
वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरीको पनि दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुईजना प्रदेश सभा सदस्यको छुट्टाछुट्टै दाबी परेको छ ।

नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा लक्ष्मणकिशोर चौधरीको दाबी परेको हो भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीले एमाले, माओवादी केन्द्रसहितको समर्थनमा अर्को दाबी पेस गरेका हुन् ।

दुईवटा दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले दाबीउपर प्रदेश परामर्श गरेका छन् ।

यो पनि...

सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीको नेतृत्वमा नयाँ सरकारको दाबी, कांग्रेस र समाजवादीको साथ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.