सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीको नेतृत्वमा नयाँ सरकारको दाबी, कांग्रेस र समाजवादीको साथ

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीको नेतृत्वमा नयाँ सरकारको दाबी, कांग्रेस र समाजवादीको साथ

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गर्दैछन् । नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा नाउपाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो ।

नयाँ सरकारको दाबीका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समय सीमा आज सकिँदैछ । मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनका लागि आजसम्मको समय दिएर आह्वान गरेका थिए । 

नाउपाबाटै अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेको थियो । उनलाई केन्द्रको सरकारका मुख्य दल नेकपा एमाले र माओवादी केन्द्रसहितले समर्थन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.