अवरोधले थलियो कानुन बनाउने मुख्य थलो

व्यवस्थामाथि नै जनताले प्रश्न गर्न थालेको सांसदहरुकै स्वीकारोक्ति
चैत्र २८, २०८० |पर्वतराज घिमिरे
अवरोधले थलियो कानुन बनाउने मुख्य थलो

काठमाडौं । संसद्‍मा दिनहुँको झगडा देख्दा देख्दा नेपाली जनता वाक्क भइसके । तर सांसदहरुलाई यसको केही मतलव छैन । संघीय संसद् भनेको कानुन निर्माण गर्ने र राष्ट्रिय मुद्दामा छलफल गर्ने थलो हो । संसद्ले नै संविधान संशोधन गर्नेदेखि नागरिकका मुद्दा सम्बोधन गर्ने सम्मको काम गर्छ ।

तर संसद्लाई राजनीतिक दलको स्वार्थमा प्रयोग गरिँदा आमनागरिकका मुद्दा ओझेलमा परिरहेका छन् । संसदमा विरोध गर्न पाउने दलहरुको अधिकार भए पनि लगातार संसद् बैठक अवरुद्ध गर्दा व्यवस्थामाथि पनि नागरिकको वितृष्णा बढ्ने जोखिम उत्तिकै हुन्छ । तर यसतर्फ सांसदहरु गम्भीर देखिदैनन् । दलीय स्वार्थमा मात्र संसदमा प्रस्तुत हुँदा सांसदको भूमिका फितलो हुँदै गएको छ भने उनीहरुले जनविश्वास पनि गुमाउँदै गएका छन् ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा अहिले संसदमा रहेका अधिकांश दलको महत्वपूर्ण भूमिका छ । तर संसदमा अहिलेको उनीहरुकै भूमिकाका कारण नागरिकमा वितृष्णा बढ्दै गएको छ । यो कुरा सांसदहरुले नबुझेका होइनन् । उनीहरु भन्छन्-व्यवस्था राम्रो भएर पनि कार्यान्वयन फितलो हुँदा व्यवस्थाप्रति वितृष्णा बढेको हो

सत्ता पक्ष र प्रतिपक्षबीच छलफल गरेर सहमतिका आधारमा संसद बैठक सञ्चालन गर्नु पर्ने कतिपय सांसदहरुको माग छ । राजनीतिक दलहरुलाई आमनागरिकले हेर्ने दृष्टिप्रति पनि सांसद बेखबर जस्तै देखिन्छन् । हरेक सांसद आफू ठिक रहेको कुरा गर्छन् । अब प्रश्न गरौ गल्ति चाहिँ कसले गरिरहेको छ । जसले गर्दा नागरिकमा वितृष्णा छ ।


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।