गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको अडानबाट पछि हटेन कांग्रेस

दलीय हठले प्रतिनिधिसभा बन्धक
बैठक भोलिसम्मका लागि स्थगित
चैत्र २७, २०८० |पर्वतराज घिमिरे
गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको अडानबाट पछि हटेन कांग्रेस

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको आ-आफ्नै अडानका कारण संसद्को गतिरोध लम्बिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छानबिन समिति गठन नगरिए संसद् चल्नै नदिने अडानमा छ भने सत्ता गठबन्धनका दलहरु कांग्रेसको माग 'सामान्य कुरामा गरिएको गतिरोध' भन्दै पन्छाइरहेका छन् ।

 सहमति जुटाउन चार दलका शीर्ष नेता आज मध्यान्हसम्मै छलफलमा जुटे पनि कुनै टुंगो लागेन । संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयकमाथि छलफल नै नभई अधिवेशन अन्त्य हुने स्थिति देखिएको छ ।

यसैबीच गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि उठाएका प्रश्नलाई दोबाटोमा उठेको प्रश्नको संज्ञा दिएका छन् । आफूमाथि छानबिनका लागि संसदीय समिति आवश्यक नभएको दोहोर्‍याउँदै लामिछानेले नेपाली कांग्रेस व्यक्तिगत तहमा उत्रिएको आरोपसमेत लगाए ।


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।