बझाङ उपनिर्वाचन : १२ दलले गराए उम्मेदवारी दर्ता

आइतबार उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिने
चैत्र २४, २०८० |कान्तिपुर टीभी संवाददाता
बझाङ उपनिर्वाचन : १२ दलले गराए उम्मेदवारी दर्ता

बझाङ । प्रदेशसभा सदस्य चयनका लागि बझाङमा हुने उपनिर्वाचनामा १२ दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री एवं बझाङ प्रदेश सभा (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो ।

नेपाली कांग्रेसले दिवंगत सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ । त्यहाँ सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट दमन भण्डारी उम्मेदवार बनेका छन् भने गठबन्धनकै अर्को दल माओवादी केन्द्रबाट जनक बुढाले उम्मेदवारी दिएका छन् ।

इलाम उपनिर्वाचनमा २० जनाबीच प्रतिस्पर्धा, दलका १२ र स्वतन्त्र ८

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहको उम्मेदवारी परेको छ ।

यसैगरी राप्रपा, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, नेपाल मजदुर किसान पार्टी तथा नेसनल रिपब्लिक पार्टीले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले जानकारी दिए ।

यस्तै जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनमत पार्टीका तर्फबाट पनि उम्मेदवारी परेको छ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन आइतबार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement