कर्णाली र गण्डकीमा मुख्यमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको आह्वान

२७ गतेसम्म बहुमतीय सरकार गठनको समयसीमा
गण्डकीमा बहुमत जुटाउन सकस
चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णाली र गण्डकीमा मुख्यमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् । सात दिन समय दिएर सरकार गठनका लागि उनले आह्वान गरेका हुन् ।

यता गण्डकीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पनि सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएलगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

उता नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन् । त्यसलगत्तै पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौरा थारुले विश्वासको मत दिन ह्विप जारी गरेका थिए । दुवै पक्षले आज प्रदेशसभा सदस्यहरूलाई पत्राचार गर्दै ह्विप जारी गरेको बारे जानकारी गराएका हुन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाटै हटाउन सिफारिस गरिएको पत्र पनि प्रदेश सभा सचिवालयमा दर्ता गरिएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.