संघीय संसद्‌बाट बिमस्टेक बडापत्र बहुमतले अनुमोदन

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्‌बाट बिमस्टेक बडापत्र बहुमतले अनुमोदन

काठमाडौं । संघीय संसद्‌ले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडापत्रलाई बहुमतले अनुमोदन गरेको छ ।

प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्र अनुमोदन गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।

यसअघि बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हितअनुकूल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापन संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.