चैत २३ र २४ गते बोलाइएको पार्टीको बैठक आधिकारिक होइन : रञ्जिता श्रेष्ठ

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
चैत २३ र २४ गते बोलाइएको पार्टीको बैठक आधिकारिक होइन : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आगामी चैत्र २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक भनि बोलाइएको बैठक आधिकारीक नभएको बताएकी छिन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले चैत्र २३ र २४ गतेको बैठक आधिकारीक नभएको जानकारी दिएकी हुन्।

यसअघि उन्मुक्तिका संस्थापक रेशमलाल चौधरीले पार्टीमा भइरहेका मदभेदका विषयमा निर्णय गर्न यो बैठक बोलाइएको बताएका थिए । मंगलबार कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै रेशमले आगामी बैठकबाट पार्टीमा विचलन ल्याउने सदस्य र नेतृत्वलाई कारबाही गर्ने बताएका थिए ।

नागरिक उन्मुक्ति पार्टीमा अहिले संस्थापक रेशम र वर्तमान अध्यक्ष रन्जिताबीच सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने वा नहुने भन्नेमा विवाद छ । रेशम पक्षधर कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने र विश्वासको मत दिने पक्षमा छ भने अध्यक्ष रन्जिता कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने पक्षमा छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.