रेशम चौधरीको प्रश्न- प्रधानमन्त्रीज्यू, कस्तो तागत दिनुभयो, सुटर ल्याउँछु भन्छन् त ?

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
रेशम चौधरीको प्रश्न- प्रधानमन्त्रीज्यू, कस्तो तागत दिनुभयो, सुटर ल्याउँछु भन्छन् त ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूविरूद्ध सुटर ल्याउने धम्की दिइरहेका छन्, कस्तो तागत दिनुभयो ? भन्दै प्रश्न गरेका छन् । मंगलबार कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै चौधरीले आफूले प्रधानमन्त्री दाहाललाई यस्तो प्रश्न सोधेको दाबी गरे ।

उनले पार्टीमा विचलन ल्याउने पार्टीका नेतामाथि कारबाही गर्नेसमेत बताए । पार्टीको अध्यक्ष आफैं भएकाले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने पनि उनले जानकारी दिए । 

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.