सरकार र सत्तासाझेदार दल गृहमन्त्री लामिछानेलाई बचाउन लागे : सांसद गौतम

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकार र सत्तासाझेदार दल गृहमन्त्री लामिछानेलाई बचाउन लागे : सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतीमा गौतमले सरकार र सत्तासाझेदार दलका नेता गृहमन्त्री रवि लामिछानेलाई बचाउन लागी परेको आरोप लगाएकी छिन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘गृहमन्त्रीज्यूलाई गुमाउनुपर्छ कि भन्ने मानसपीडामा सरकार रहेको देखियो,’ उनले भनिन्, ‘सत्तासाझेदार दलका नेताहरू एउटा व्यक्तिलाई बचाउनु आफ्नो धर्म हो भन्ने ठाने झैँ शतिसाल जसरी उभिनुभयो । हामी बुझ्छौँ । सरकार टिकाउनुपर्ने बाध्यता होला ।’

सरकारका मान्छेका कुरा सुन्दा उनीहरू आफैँ अहिले न्यायलयजस्तो व्यवहार गरेको उनले बताइन् । छानबिन समिति गठन गर्न सरकारले नमानेका कारण यसमा झन् आशंका उब्जेको उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement