पार्टी मुख्यालय च्यासलमा एमाले नेताहरुको होली, ओलीले लगाइदिए अबिर

इलाममा क्षेत्र नम्बर २ मा सुहाङ नेम्बाङ र बझाङको प्रदेश सभामा एमालेले दमन भण्डारीलाई उम्मेदवार बनाउने
चैत्र ११, २०८० |श्याम श्रेष्ठ
पार्टी मुख्यालय च्यासलमा एमाले नेताहरुको होली, ओलीले लगाइदिए अबिर

काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि नेताहरुले एक-आपसमा रङ दलेर खुसी साटासाट गरेका हुन् । अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेललगायत पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।

यसैबीच नेकपा एमाले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त निर्वाचन क्षेत्र खाली थियो । सोही निर्वाचन क्षेत्रमा एमालेले नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाए । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टीपंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको ज्ञवालीले जानकारी दिए ।

अधिवक्तासमेत रहेका नेम्बाङलाई एमालेले गत फागुनमा कानुन विभागको सदस्य मनोनीत गरेको थियो । यस्तै प्रदेश सभा सदस्य उम्मेदवार बनाइएका भण्डारी बझाङ एमालेका अध्यक्ष हुन् भने मटेला गाविसमा २०५४ सालमा अध्यक्ष निर्वाचित भएका थिए ।

एमाले नेताहरुले खेलेको होलीका थप तस्बिर :


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement