काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त पुनर्लेखन गर्न नेकपा एमालेका राष्ट्रिय सभा सदस्यहरुले माग गरेका छन् ।
राष्ट्रिय सभाको आज बसेको बैठकमा एमाले सदस्यहरुले बजेटको प्राथमिकता र सिद्धान्त गत वर्षकै कपी-पेस्ट भएको लक्ष्यहीन रहेको आरोप लगाए । सरकार धर्मराएको आरोप लगाउँदै उनीहरुले बजेटको प्राथमिकता पुनर्लेखन गर्न माग गरे ।
बैठकमा सदस्यहरुले दुग्ध किसानको पैसा दिन र उनीहरुका समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन् ।
केही सदस्यले सरकारले जनसरोकारका सवालमा उठेका प्रश्नहरुको जवाफ नदिएसम्म बैठक अघि नबढाउन पनि माग गरेका थिए ।