राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकले आगामी उपनिर्वाचनमा पनि एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ ।

गठबन्धन दल नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिरहेका बेला माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको हो । माओवादी बैठकले नेताहरुको कार्यविभाजन पनि गरेको छ । कोशी प्रदेशमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा र गण्डकीमा दीनानाथ शर्मालाई इन्चार्ज बनाइएको छ । 

त्यस्तै, लुम्बनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीप्रसाद मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको छ । प्रवासतर्फ मध्यपूर्वमा पम्फा भुसाल, भारतमा लक्ष्मण पन्त, युरोपमा सुरेन्द्र कार्की र विशेष प्रदेशमा हितमान शाक्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

तर, यो कार्यविभाजनप्रति उपमहासचिव जनार्दन शर्माले भने असहमति जनाउँदै फरक मत राखेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.