एमालेमा शासकीय स्वरुपविरुद्ध फरक मत र धारणा राख्न नपाइने

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेमा शासकीय स्वरुपविरुद्ध फरक मत र धारणा राख्न नपाइने

काठमाडौं । नेकपा एमालेले जारी केन्द्रीय कमिट‍ी बैठकमा शासकीय स्वरुपविरुद्ध फरक मत र धारणा राख्न निषेध गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा पेस भएका दस्ताबेजमाथि टिप्पणी गर्दा शासकीय स्वरुपबारे फरक मत राख्न निषेध गरिएको हो । अध्यक्ष केपी ओलीले गणतन्त्रमाथि हमला भइरहेकाले त्यस्ता विषयमा बोल्दा सचेत हुन निर्देशन दिएका हुन् । शासकीय स्वरुपमा पार्टीभित्र विभिन्न टिप्पणी भए त्यसले गणतन्त्र विरोधीलाई फाइदा पुग्ने भन्दै अन्य विषयमा मात्र खुला बहस गर्न ओलीले भनेका हुन् ।

बैठकमा पेस भएका ६ वटा एजेन्डामा एमालेले ९ वटा समूह बनाएर छलफल गराइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आज निर्वाचन प्रणाली सुधारदेखि पार्टीभित्र बढ्दै गएका गुटको नियन्त्रण र आगामी योजनाबारे छलफल गरेका छन् ।

समूहगत छलफलमा आएको विषयलाई टोली नेताहरुले भोलिको बैठकमा पेश गर्ने कार्यतालिका छ । एमाले केन्द्रीय समितिको बैठक भोलि नै सक्ने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.