काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज चार कार्ययोजनामाथि समूहगत छलफल भइरहेको छ ।
समूहगत छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ९ समूहमा विभाजन गरिएको छ । केन्द्रीय कमिटीको हिजोको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्ययोजना, उपाध्यक्ष विष्णु पौडेलले पार्टीका चुनौती र समस्याहरु समावेश कार्ययोजना, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षात्मक प्रतिवेदन र उपमहासचिव प्रदीप ज्ञवालीले जनदबाब र जनपरिचालन कार्ययोजना पेस गरेका थिए ।
ती कार्ययोजनामाथि समूहगत छलफल गरेर आजै नेताहरुले बैठकमा समूहको निष्कर्ष पेस गर्ने जनाइएको छ ।