एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल

फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजना प्रस्तुत, ९ समूहमा छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत भएका छन् ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिका विषय र अहिलेको राजनीतिक घटनाक्रमबारे समीक्षासहितको विश्लेषण प्रस्तुत गरेका छन् ।

त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्न समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको जनाए । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको गौतमले जनाए ।

‘बैठकमा ४ वटा अवधारणा पत्रहरु कार्ययोजना प्रस्तुत भए । पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गर्नुभयो,’ उनले भने, ‘पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नुभयो । पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिवले आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गर्नुभयो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो । खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्न समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ ।’

उनले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने जानकारी दिए । उनले भने, ‘समूहमा प्रस्तुत कार्ययोजनामाथि भोलि १० बजेबाट नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ र पर्सिको दिन केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्नेछौं ।’

यो पनि...

गिरी बन्धु टी-स्टेटबारे न्यायाधीशले कुरै नबुझी फैसला गरे : ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement