गिरी बन्धु टी-स्टेटबारे न्यायाधीशले कुरै नबुझी फैसला गरे : ओली

फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
गिरी बन्धु टी-स्टेटबारे न्यायाधीशले कुरै नबुझी फैसला गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले न्यायाधीशले कुरै नबुझी गिरीबन्धु टी-स्टेटबारे फैसला गरेको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले अदालतले नै कानुन बनाउन भनेको र कानुन बनाएर कानुनअनुरूप काम गर्दा कानुनबमोजिम नभएको भन्नुमा तुक नरहेको दाबी गरे । कांग्रेसका पालामा ७० बिघा दुईपटक बिनाकानुन सट्टा भर्ना गर्न दिँदा चुँ नबोल्ने तर, अहिले कानुन बनाउँदा कसरी कानुनअनुरूप भएन ? भन्दै ओलीले प्रश्न गरे । ओलीले तर, पनि अदालतको फैसला स्वीकार गर्ने धारणा राखे ।

बैठकमा ओलीले अहिलेका सरकारका मन्त्रीहरूको नैतिकता नरहेको दाबी गरे । काण्डै-काण्डमा मुछिएका तर, मन्त्री पदमा बसिरहेको, झन्डा हल्लाउँदै हिँडिरहेकोले लोकतन्त्र खतरामा पर्ने अवस्था देखिएको ओलीको जिकिर थियो । ‘अहिलेका सरकारका प्रधानमन्त्री हुतिहारा र मन्त्रीहरू अनैतिक रहेका छन्,’ ओलीले आरोप लगाए ।

ओलीले बैंकरू धरासायी भए भनेर हौवा फिँजाइएको र केही व्यक्ति त्यसमा तल्लीन भएर लागेको बताए । अहिलेको गठबन्धन चरम असफल रहेको टिप्पणी गर्दै उनले संक्रमणकालीन न्यायबारे अविलम्ब पीडितमैत्री बनाएर टुंग्याउन चाहेको धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.