अरुण चौधरीलाई रिहाको आदेश दिने न्यायाधीशलाई कारबाही गर्न सांसदको माग

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
अरुण चौधरीलाई रिहाको आदेश दिने न्यायाधीशलाई कारबाही गर्न सांसदको माग

काठमाडौं । सांसदहरुले बाँसबारी जग्गा प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई दुई दिनमै रिहा गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद नरबहादुर विष्टले चौधरीलाई छाड्न आदेश दिने न्यायाधीशलाई मुगु सरुवा गरेर मात्र नपुग्ने भन्दै न्यायपरिषद्‌ले कारबाही नै गर्नुपर्ने माग गरे ।

भ्रष्टाचार र अपराधमा मुछिएका जुनसुकै व्यक्तिलाई कारबाही गर्नुपर्ने अर्का सांसद जितेन्द्रनारायण देव र दिलकुमारी रावलको माग छ ।

राष्ट्रिय सभाको आजको बैठकमा कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभाबाट पारित भएको सम्पति शुद्धीकरणसम्वन्धी विधेयक पेस गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.