‘एनसेल प्रकरणबारे छानबिन समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पुग्यो’

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
‘एनसेल प्रकरणबारे छानबिन समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पुग्यो’

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्‌मा पुगेको छ ।

छानबिन समितिले यही माघ १५ गते बुझाएको प्रतिवेदन अहिले मन्त्रिपरिषद्‌मा लगिएको हो । संसद्को स्वास्थ्य तथा सूचना प्रविधिमा समितिका सदस्यले प्रतिवेदन उपलब्ध गराउन माग गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्‌मा पुगेको जानकारी गराएकी हुन् ।

उनले समितिले बुझाएको प्रतिवेदन अध्ययन भइरहेको र निर्णय नभएसम्म सार्वजनिक गर्न नमिल्ने जवाफ दिएकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.