अख्तियारको भूमिका निष्पक्ष हुनुपर्छ : मुख्यमन्त्री जम्कटेल

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
अख्तियारको भूमिका निष्पक्ष हुनुपर्छ : मुख्यमन्त्री जम्कटेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै भूमिकासमेत निष्पक्ष हुनुपर्ने बताएका छन् ।

शनिबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटेलले अख्तियारले झुटा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने बताए । उनले संसदले पास गरेको बजेटका विषयहरुमासमेत अख्तियारले चासो बढाएको बताएका छन् । मुख्यमन्त्री जम्कटेलले वर्षौंसम्म एउटै निवेदनमा झुलिरहनुपर्ने समस्यामा रहेको बताउँदै अख्तियारको भूमिकासमेत निष्पक्ष हुनुपर्ने बताए ।

मुख्यमन्त्री जम्कटेलले अख्तियारलाई एकले अर्कालाई सिध्याउने हतियार बनाउन नहुने बताए । उनले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व भएको बताए ।

सर्वप्रथम राजनीतिक नेतृत्व निष्पक्ष र पारदर्शी हुनुपर्ने र कर्मचारी प्रशासनले पनि गर्न नहुने काममा राजनीतिक नेतृत्वलाई उक्साउन नहुने मुख्यमन्त्री जम्कटेलको भनाइ रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.