पोखरा र लुम्बिनी विमानस्थललाई सरकारले बेवास्ता गर्‍यो : एमाले ओली

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
पोखरा र लुम्बिनी विमानस्थललाई सरकारले बेवास्ता गर्‍यो : एमाले ओली

गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखा पुगेका ओलीले विमानस्थल सञ्चालन गर्न सरकारले जोड दिनुपर्ने बताए । विमानस्थल चलाउन पाउँदैनौ भनेर कुनै पनि शक्तिले भन्न नसक्ने उल्लेख गर्दै उनले चीनलाई आग्रह गर्ने हो भने पनि वार्षिक ५ लाखदेखि १० लाख पर्यटक नेपाल भित्रन सक्ने बताए ।

ओलीले सरकारले सार्वभौमसत्ता, स्वाधीनताको र स्वतन्त्रताको उपयोग गर्नुपर्ने बताए । लिम्पियाधुरा, लिपुलेक तथा कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको उनको टिप्पणी छ ।

ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलाइप्रति आपत्ति जनाउँदै विकासमा कुनै पनि नेपाली भूभाग पछि पर्न नहुने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.