हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजनाहरुको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड-२०८० स्वीकृत गरेको छ ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश आयोजनाहरुको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड-२०८० स्वीकृत गरेको उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए । बैठकले प्रदेशका पाँच कर्मचारीलाई अधिकृतस्तर दशौंबाट ११औं तहमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रदेशका स्वास्थ्य तर्फका दीपक तिवारी, वसन्त अधिकारी, अर्जुनप्रसाद सापकोटा र नरेन्द्रकुमार झालाई ११औं तहमा बढुवा गरिएको छ । शिक्षा तर्फका दीपेन्द्र सुवेदीलाई पनि ११औं तहमा बढुवा गर्ने निर्णय भएको छ ।