वर्तमान सत्ता गठबन्धन ५ वर्षै टिक्छ : प्रधानमन्त्री दाहाल

मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
वर्तमान सत्ता गठबन्धन ५ वर्षै टिक्छ : प्रधानमन्त्री दाहाल

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्मै कायम रहने ठोकुवा गरेका छन् ।

सत्ता गठबन्धनको भविष्यमाथि टिप्पणी भइरहँदा शुक्रबार तनहुँको आँबुखैरनी अस्पतालको भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्मै टिक्ने ठोकुवा गरेका हुन् । अनेक षड्यन्त्र र प्रपञ्च भइरहे पनि सत्ता गठबन्धन कसैले भत्काउन नसक्ने उनको दाबी छ ।

प्रधानमन्त्री दाहालले परिवर्तनका पक्षधरहरु एकजुट भएर संविधान कार्यान्वयन र संघीयताको रक्षा गर्ने दाबी गरे । उनले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध निर्मम तरिकारले काम गर्ने दाबीसमेत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.