रवि लामिछानेको आपत्ति : राष्ट्रपतिले जघन्य अपराधका कैदीलाई आममाफी दिए

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेको आपत्ति : राष्ट्रपतिले जघन्य अपराधका कैदीलाई आममाफी दिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जघन्य अपराधका कैदीको सजाय माफी भएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबारको संसद् बैठकको सुरुवातमै सभापति लामिछानेले यसरी उन्मुक्ति दिने प्रवृत्ति बन्द गर्न माग राखे । 

लामिछानेले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानमा यो देशले आश गरेको छ । हामीले यत्रो लगानी गरेर ल्याएको संविधानको दिवसको मौका छोपी राष्ट्रपतिबाट भएको यस्तो कार्यको राष्ट्रिय स्वतन्त्र पार्टी घोर विरोध गर्छ ।’

आइतबारको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो विदेश भ्रमणबारे जानकारी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.