एमाले कोशी प्रदेश अधिवेशनमा आज निर्वाचन हुँदै, उपाध्यक्षमा सर्वसम्मत

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
एमाले कोशी प्रदेश अधिवेशनमा आज निर्वाचन हुँदै, उपाध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षसहित पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ ।

निर्वाचन कमिटीकाअनुसार बिहान ११ बजदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । अध्यक्ष पदमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उपाध्यक्षमा भने टीकाराम चेम्जोङ सर्वसम्मत चयन भएका छन् । चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् । यसअघि पनि उनी प्रदेश कमिटी उपाध्यक्ष थिए ।अब अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुने भएको हो ।

एक सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै दुई उपसचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । भविश्वर गुरुङ, देवान राई, जलवर्षा राजवंशी र खेम नेपालीबीच उपसचिवमा प्रतिस्पर्धा हुने भएको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय १५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछन् । प्रदेश कमिटी सदस्यमा इलाम जिल्लाबाट १५ जना सदस्य सर्वसम्मत चयन भएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement