जलहरीमा नाम लेखिनु स्वभाविक : अध्यक्ष ओली

असार १४, २०८० |कान्तिपुर टीभी संवाददाता
जलहरीमा नाम लेखिनु स्वभाविक : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीमा कसैले अनियमितता गरेको भए पनि आफूसँग कुनै सम्बन्ध नरहेको टिप्पणी गरेका छन् ।

आज दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूसँग असम्बन्धित विषयलाई लिएर अनावश्यक प्रचारबाजी भइरहेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा पशुपति क्षेत्र विकास कोषलाई पैसा दिने काम मात्रै गरेको भन्दै कसरी काम भयो भन्ने विषय आफूसँग सम्बन्धित नभएको बताए ।

अध्यक्ष ओलीले शिलान्यास वा कुनै सरकारी भवनको उद्घाटन गर्दा प्रमुख व्यक्तिको नाम उल्लेख गर्ने गरिएको भन्दै जलहरीमा कसैको नाम लेखिनु स्वभाविक रहेको प्रतिक्रिया दिए । उनले वर्तमान सरकार टिप्पणी गर्न लायकसमेत नरहेको भन्दै सरकार परिवर्तनको खेलमा एमाले नलागेको दाबी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.