जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो !

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
जलहरीको विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो !

काठमाडौं । नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा भएको हिनामिनालाई प्रमुख प्रतिपक्ष दलका नेतालाई जोडेर दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइने भएको छ ।

शनिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरीको विषयमा प्रमुख प्रतिपक्ष दलका नेतालाई जोड्न उचित नभएको बताए र यस्ता अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने प्रचलन रहेको स्मरण गराए ।

त्यसलगतै सभामुखले जलहरी विषयमा सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

सम्बन्धित समाचार...

पशुपतिको जलहरीबारे अख्तियारले छानविन गर्नेछ : प्रधानमन्त्री


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.