दाहाल-ओली भेट, ओली भन्छन्- पटकपटक मन्त्री भएकालाई पक्राउ गर्न खोज्नु रहस्यमय

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
दाहाल-ओली भेट, ओली भन्छन्- पटकपटक मन्त्री भएकालाई पक्राउ गर्न खोज्नु रहस्यमय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा बिहीबार भएको भेटमा दुई नेताबीच समसामयिक राजनीति तथा संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको थियो ।

भेटमा ओलीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरेको विषयमा चासो राखेका थिए । सरकारले स्थानीय तहको बजेट कटौती गरेको विषयमा पनि ओलीले दाहालको ध्यानाकर्षण गराएका थिए ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘एउटा बहालवाला सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हतकडी लगाउनुपर्दैन । ऊ भागेर कहीँ जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ ।’

प्रधानमन्त्री दाहाललाई त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने प्रकरणमा दोषीलाई छोड्न नहुने, तर निर्दोषलाई फसाउन पनि नदिइने जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement