अडियो प्रकरणबारे रास्वपाले माग्यो श्रेष्ठसँग चौबीसघण्टे स्पष्टीकरण

चैत्र २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
अडियो प्रकरणबारे रास्वपाले माग्यो श्रेष्ठसँग चौबीसघण्टे स्पष्टीकरण

काठमाडौं । निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चौबीस घण्टे स्पष्टीकरण सोधेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो प्रकरणबारे श्रेष्ठलाई पार्टीले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

पार्टीको केन्द्रीय अनुशासन समितिलाई अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्नसमेत निर्देशनसमेत दिएको पार्टीका प्रवक्ता तथा महासचिव मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।  

२ करोड घूस मागेपछि रास्वपाका सांसद पार्टीबाट निलम्बित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.