आयोगले राष्ट्रपतिलाई बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
आयोगले राष्ट्रपतिलाई बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । 

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगका लागि निर्वाचन वर्ष भएको भन्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए । 

कार्यक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.