सदाशिवमा नागरिक विद्यार्थी समाजको प्यानलै विजयी

चैत्र ५, २०७९ |कमल पन्थी
सदाशिवमा नागरिक विद्यार्थी समाजको प्यानलै विजयी

बर्दिया । सदाशिव बहुमुखी क्याम्पस बारबर्दिया ६ मा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नागरिक विद्यार्थी समाजको पूरै प्यानल विजयी भएको छ ।

स्ववियु निर्वाचनमा समाजका तर्फबाट सभापतिमा रतनलाल थारु विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी आस्मा थारु पराजित भएकी छन् ।

रतनलालले ८० मत प्राप्त गरे भने आस्माले ४७ मत पाएकी छन् । विद्यार्थी समाजका सचिवमा नानुमाया थारु र कोषाध्यक्षमा सविना थारु नर्वाचित भए ।

यसैगरी सदस्यमा अर्जुन थारु, अञ्जली थारु, बिर्सना थारु, कल्पना थारु र शिवशरण थारु विजयी भएको क्याम्पसका प्रमुख कर्ण भाटले जानकारी दिए । जिल्लाको अन्य आठ क्याम्पसमा मतदान सकिएपछि मतगणना जारी छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement