नीतिभन्दा बाहिर गएर मान्छे मार्दै हिँड्ने, अनि विधेयक ल्याएर त्यसबाट उन्मुक्ति खज्ने ? : ज्ञानबहादुर शाही

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
नीतिभन्दा बाहिर गएर मान्छे मार्दै हिँड्ने, अनि विधेयक ल्याएर त्यसबाट उन्मुक्ति खज्ने ? : ज्ञानबहादुर शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' मा पिडकलाई उन्मुक्ति दिने र पीडितलाई अलपत्र पार्ने व्यवस्था भएको दाबी गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा पेश गरिएको उक्त विधेयक फिर्ता लिन सरकारसँग मागसमेत गरे । संविधान र सर्वोच्च अदालतको आदेश विपरित सो विधेयक आएकाले सरकारले त्यसलाई फिर्ता गर्नुपर्ने शाहीको भनाई थियो । उनले भने, 'फौजदारी अपराधलाई मिलापत्र गर्न मिल्दैन भन्ने विधिशास्त्रको सिद्धान्तको सिद्धान्त छ । विधिशास्त्रको सिद्धान्तविपरित हुने गरी यस्तो विधेयक ल्याउन सकिन्छ समामुख महोदय ? '

बैठकमा सो विधेयकमाथि विरोधको सूचना पेस गर्दै उनले महान्यायाधिवक्तालाई असिमित अधिकार दिएर मानव अधिकार उलंघनको घटनामा पनि कम सजाय दिन खोजिएकाले आफूले त्यसको विरोध गर्नु परेको स्पष्ट पारे । उनले अगाडि भने, 'नीति भन्दा बाहिर गएर मान्छे मार्दै हिँडने अनि, त्यसलाई विधेयक ल्याएर कार्यान्वयन गर्न सकिदैन सभामुख महोदय ।'

प्रमुख सचेतक शाहीले मान्छे हत्या गर्ने र त्यसलाई राजनीतिकरण गर्नेगरी आएको सो विधेयकलाई पीडित पक्षले मान्नै नसक्ने दबी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.