देशैभर यसरी हुँदै छ स्ववियु निर्वाचन (भिडियो)

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
देशैभर यसरी हुँदै छ स्ववियु निर्वाचन (भिडियो)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आंगीक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान भइरहेको छ ।

काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार बिहान ८ बजेबाटै मतदान सुरु भएको हो । स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो ।

६० आंगीक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान भइरहेका छन् । काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।

काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहरुमा मतदान भइरहेको छ । मतदान साँझ ४ बजेसम्म जारी रहनेछ । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ देखि नियमित हुन सकेको थिएन ।

यसपटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसमा मतदान भइरहेका हुन् । विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामबद्ध भएको देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

थप भिडियो...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.