कांग्रेस संसदीय दलको बैठक सुरु

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

आईतबार संसद भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो । यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको थियो । उक्त निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्ने छ । 

साथै, संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ ।

आज संसदमा पेस हुने (संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ प्रस्तुत हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.