स्ववियु निर्वाचन प्रक्रिया सुरु, मतदान चैत ५ गते (तालिकासहित)

फाल्गुन २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
स्ववियु निर्वाचन प्रक्रिया सुरु, मतदान चैत ५ गते (तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आज (शनिबार) देखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएको छ । निर्वाचन कार्यतालिकानुसार शनिबार उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । स्ववियुको निर्वाचन तालिकाअनुसार चैत ५ गते निर्वाचन हुनेछ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचनका लागि शनिबार देशभरका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली दाखिला गर्ने तालिका छ ।

यसैगरी आजै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेवारीको नामावली प्रकाशन गरिनेछ । यस्तै भोलि (आइतबार) उम्मेदवारमाथि दाबी-विरोध र छानबिन हुनेछ भने पर्सि (सोमबार) उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारहरुले सोमबारदेखि चैत २ गते मध्यरातिसम्म चुनाव प्रचार गर्न पाउने कार्यतालिका छ ।

हेरौं यस्तो छ कार्यतालिका :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.