राष्ट्रपतिको प्रस्तावक र समर्थक नबन्ने राप्रपाको निर्णय

फाल्गुन १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिको प्रस्तावक र समर्थक नबन्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको उम्मेदवारमा प्रस्तावक तथा समर्थक नबस्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रस्तावक तथा समर्थक नबस्ने निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार प्रस्तावक तथा समर्थक नबन्ने निर्णय भए पनि निर्वाचनमा सहभागी हुने/नहुने बारेमा भने निर्णय भएको छैन । यसबारेमा निर्णय गर्न फागुन २३ गते पुनः बैठक बस्ने उनको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement