सुदूरपश्चिम प्रदेश सरकार ढल्यो, अब कांग्रेसले चलाउने

माघ २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार ढल्यो, अब कांग्रेसले चलाउने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । अब नेपाली कांग्रेसले यहाँको प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

गत पुस २७ मा नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा माओवादी, एमालेसहित तीन दलको समर्थनमा नियुक्त भएका थिए । रावलले आफू नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत दिन सकेका थिएनन् । उनले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने भएहो हो । सुदूरपश्चिममा १९ सिट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावल एक महिनामै बिदा भए । संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता कमलबहादुर शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । ५३ सदस्यीय सुदूरपश्चिममा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.