राष्ट्रपतिको चुनाव फागुन २५ गते, उपराष्ट्रपतिको चैत ३

माघ १६, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिको चुनाव फागुन २५ गते, उपराष्ट्रपतिको चैत ३

काठमाडौं । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुने भएको छ । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरिएको हो ।

गत मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभा सम्पन्न गरेको आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्नेछन् ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा संघ र प्रदेशका सांसदहरु मतदाता हुने संवैधानिक व्यवस्था छ । अहिले प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ६० सांसद छन् भने प्रदेश सभामा पाँच सय ५० सांसद छन् ।

२०७८ को जनगणनाको पूर्ण तथ्यांक सार्वजनिक भइनसकेका कारण यसपटक २०६८ कै जनगणनाको मतभारअनुसार गणना हुने आयोगले जनाएको छ । जसअनुसार संघीय सांसदको एक मतको मतभार ७९ र प्रदेशसभा सदस्यको एक मतको मतभार ४८ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल आगामी फागुन २९ गते सकिँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement