कांग्रेसले भन्यो- राष्ट्रपतिको कार्यकालमा अन्योल देखियो, कानुन संशोधन गर्नुपर्छ

माघ १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसले भन्यो- राष्ट्रपतिको कार्यकालमा अन्योल देखियो, कानुन संशोधन गर्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिको कार्यकाललाई लिएर देखिएको अन्योललाई कानुन संशोधन गरेर समाधान गरिनुपर्ने बताएको छ ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा कांग्रेसका नेताहरुले राष्ट्रिपतिको निर्वाचनलाई लिएर देखिएको कानुनी अफ्ठ्यारो हटाउन ऐन संशोधन गर्नुपर्ने बताएका हुन् । त्यसका लागि सरकारले अग्रसरता लिनुपर्ने उनीहरुको भनाइ छ ।

सत्तारुढ दलका सांसदहरुले भने राष्ट्रपतिको कार्यकालबारे उत्पन्न विवाद सामान्य भएको बताए । उनीहरुले यसलाई आपसी सहमतिमा टुङ्‍गो लगाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिने भए पनि एक महिनाअघि नै नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्ने संवैधानिक प्रावधान छ । संविधानअनुसार अगाडि बढ्ने हो भने अब १७ दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने हुन्छ । तर निर्वाचन आयोगले माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन तोकेकाले त्यसअघि राष्ट्रपतिको निर्वाचन हुने सम्भावना देखिँदैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.