एमालेले ४ मन्त्रीको नाम टुंग्यायो, विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्ने

माघ ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
एमालेले ४ मन्त्रीको नाम टुंग्यायो, विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्ने

काठमाडौं । नेकपा एमालेले सरकारमा पठाउने चार मन्त्रीको नाम टुंगो लगाएको छ ।

एमालेले टंगो लगाएको नयाँ मन्त्रीहरुमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती छन् ।

एमालेले राष्ट्रिय सभाकी सांसद पौड्याललाई परराष्ट्रमन्त्री बनाउने निश्चित भएको हो ।

त्यसबाहेक अन्य सबै प्रतिनिधिसभाका निर्वाचित सांसद हुन् । गिरी, चौधरी र उप्रेतीको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

जिम्मेवारीबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल हुँदै छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेले आठ मन्त्रालय पाएको छ । जसमा चारजना सरकारमा सहभागी भइसकेका छन् ।

विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । यस्तै, ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई सरकारमा सहभागी भइसकेका छन् । उनीहरुले मन्त्रालयको जिम्मेवारी पाउन भने बाँकी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement