पृथ्वीनारायणबारे विवाद गर्नुपर्ने आवश्यकता छैन : मन्त्री श्रेष्ठ

पुस २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
पृथ्वीनारायणबारे विवाद गर्नुपर्ने आवश्यकता छैन : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सरकारले नेपालको भौगोलिक एकीकरणका नायक पृथ्वीनारायण शाहको ऐतिहासिक कदमलाई स्थापित गरेको बताए ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार काठमाडौंमा गरेको चियापान कार्यक्रममा उनले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

‘नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ पृथ्वीनारायण शाह । वास्तवमा पृथ्वीनारायण शाहको भूमिकाबारे कुनै विवाद गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘राज्य विस्तारकै तरिकाद्वारा वस्तुगत रुपमा नेपालको भूभागको पुनर्एकीकरण गर्ने काम पृथ्वीनारायण शाहमार्फत भयो ।’

पृथ्वीनारायणको योगदानको सम्मान गर्दै सरकारले आजको दिनलाई पृथ्वी जयन्तीका रुपमा बिदा दिने निर्णय गरेको पनि मन्त्री श्रेष्ठको भनाइ छ । ‘यसको ऐतिहासिक महत्त्व स्थापित भएको छ । पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं,’ उनले भने । सरकारले यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement