पृथ्वीनारायणले देश एकीकरणमा अगुवाइ गर्नुभयो : एमाले अध्यक्ष ओली

पुस २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
पृथ्वीनारायणले देश एकीकरणमा अगुवाइ गर्नुभयो : एमाले अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकताबद्ध गरेको स्मरण गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीका अवसरमा काठमाडौंमा गरिएको चियापानपछि सञ्चारकर्मीसँग उनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय राम्रो भएको टिप्पणी गरे ।

‘पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाइ गर्नुभयो । जुन नेतृत्व गर्नुभयो र, देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौं,’ ओलीले भने, ‘त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुसीयालीमा सरकारले बिदा दियो । पहिलोपटक होला यो सन्दर्भमा ।’

सरकारले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक बिदासमेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने सर्तसमेत राखेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement