रवीन्द्र मिश्रको टिप्पणी : सरकारको ढाडमा टेकेर टाउकोमा हान्छौं

पुस २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
रवीन्द्र मिश्रको टिप्पणी : सरकारको ढाडमा टेकेर टाउकोमा हान्छौं

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादीविरुद्ध खरो उत्रिएका छन् । उनले सरकार गठनमा आफ्नो पार्टीकोे समर्थनलाई माओवादीको ढाडमा टेकेर टाउकामा हान्ने दाउ बताएका छन् ।

पृथ्वी जयन्तीको कार्यक्रममा पत्रकारसँगको कुराकानीमा सरकारलाई समर्थन गरे पनि आफ्नो पार्टी राजावादी एजेन्डामा नचुकेको बताए । माओवादी राजा हटाउनै स्थापित भएको दललाई सरकारको नेतृत्व गर्न समर्थन गर्नुको कारण के हो ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘माओवादीले जनयुद्धमा ढाडमा टेकेर टाउकोमा हान्ने भन्थे । त्यही गर्नका लागि समर्थन गरेको हो ।’

सक्नुहुन्छ ? भन्ने प्रतिपश्नमा मिश्रले निर्वाचन र राष्ट्रिय एकताको भेलाले संकेत देखाएको बताए । उनले अगाडि भने, ‘अब ढाडमा टेकेर टाउकामा हान्ने हो । राप्रपा गणतन्त्रवादी भएको होइन । यो कुरामा स्पष्ट हुनु ।’

नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेर पुच्छर बनेको तर राप्रपा आफ्नो एजेन्डामा टसमस नभएको मिश्रले प्रतिक्रिया दिए ।

‘मैले कांग्रेस सरकारमा गएर प्रचण्डीकरण भयो भन्दा राप्रपा पनि सरकारमै छ । राप्रपा पनि प्रचण्डीकरण भयो भनेका छन् । नेपाली कांग्रेस प्रचण्डको एजेन्डा मानेर पुच्छर भएर गएकाले प्रचण्डीकरण भयो भनेको हुँ,’ उनले भने, ‘राप्रपाले प्रचण्डको एजेन्डा मानेको छैन । राप्रपाले धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता मानेको छैन । हामी आफ्ना एजेन्डामा दृढ छौं ।’

यो निर्वाचनले राप्रपामा नयाँ पालुवा पलाएको बताउँदै उनले निर्वाचन अघिको अनपेक्षित घटनाले पार्टीलाई केही असर परेको बताए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement